भाषा छनोट गर्नुहोस्
आवेदन प्रक्रिया बीचमै रोक्नुभएका व्यक्तिहरूका लागि
भुक्तानी गर्ने पेज बन्द गर्नुभएको भए पनि, पहिले प्रयोग गर्नुभएको उही इमेल ठेगाना प्रमाणित गरेर भुक्तानी प्रक्रिया फेरि सुरु गर्न सक्नुहुन्छ।
आफ्नो योग्यता पुष्टि गरी नियमहरूमा सहमति जनाएपछि, कृपया पहिले प्रयोग गर्नुभएको उही इमेल ठेगाना प्रविष्ट गर्नुहोस्।
यस अध्ययनको उद्देश्य जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले बहु भाषाहरूमा एचआईभी सेल्फ-टेस्ट गर्न सक्षम बनाउनु हो। यो सर्वेक्षणले परीक्षण किट प्रयोग गर्ने व्यक्तिहरूको अनुभव र सन्तुष्टि बुझ्ने, परीक्षण गर्नेहरूलाई कस्तो प्रकारको सहयोगको आवश्यक छ, र मानिसहरूले यस्ता परीक्षणलाई स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने कुरा बुझ्ने प्रयास गर्दछ।
अध्ययनमा सहभागीहरू जापानमा बसोबास गर्ने 18 वर्ष वा सो भन्दा बढी उमेरका विदेशी नागरिकहरू हुन्।
पहिला, हामी तपाईं यस अध्ययनमा सहभागी हुन योग्य हुनुहुन्छ कि छैन भन्ने पुष्टि गर्न चाहन्छौं। कृपया तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
के तपाईं विदेशी नागरिक वा विदेशी मूलका जापानी नागरिक हुनुहुन्छ?
के तपाईं हाल जापानमा बस्नुहुन्छ?
के तपाईं 18 वर्ष वा सोभन्दा बढी उमेरको हुनुहुन्छ?
एचआईभी बारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू
एचआईभी सेल्फ-टेस्ट बारेमा जान्नु अघि, केही महत्त्वपूर्ण कुराहरू:
- एचआईभी भनेको “ह्युमन इम्युनोडेफिशियन्सी भाइरस” भनिने भाइरस हो। यसले शरीरको बचाउने प्रणाली (प्रतिरक्षा प्रणाली) लाई कमजोर बनाउँछ, जसले गर्दा सजिलै बिरामी पर्न सकिन्छ। यदि एचआईभी चाँडै पत्ता लाग्यो र तपाईंले उपचार सुरु गर्नुभयो भने, तपाईं स्वस्थ रहन सक्नुहुन्छ र लामो जीवन बाँच्न सक्नुहुन्छ। ठीक समयमा औषधि खाइरहेमा, अरूलाई एचआईभी सर्न सक्ने सम्भावना धेरै कम हुन्छ।
- यदि तपाईं जापानमा बस्ने विदेशी हुनुहुन्छ भने, केवल एचआईभी भएको कारणले तपाईंको भिसा रद्द हुँदैन।
- एचआईभी भएको कारणले कुनै विद्यालयले तपाईंलाई पढ्न नदिने वा कामबाट निकाल्ने हक राख्दैन।
एचआइभी सेल्फ-टेस्ट बारे
यस अध्ययनमा, हामी OraQuick(ओराक्विक) प्रयोग गर्छौं।
ओराक्विक भनेको के हो? के हो?
ओराक्विक एउटा साधारण एचआईभी सेल्फ-टेस्ट किट हो जुन तपाईं आफैं प्रयोग गर्न सक्नुहुन्छ। किट भित्र रहेको विशेष स्टिक प्रयोग गरेर मुख भित्र आफ्नो गिजा बिस्तारै पुछ्नुहोस्, त्यसपछि स्टिकलाई तरल पदार्थ भएको कन्टेनरमा राख्नुहोस्, र परिणाम प्राप्त गर्न 20 मिनेट पर्खनुहोस्।
- सुई वा रगतको नमूना आवश्यक पर्दैन।
- अस्पताल वा परीक्षण केन्द्र जानु नपरी, तपाईंले मनपर्ने स्थानमै परीक्षण गर्न सक्नुहुन्छ।
- ओराक्विक विश्वभरि प्रयोग हुने, विश्वासिलो परीक्षण विधि हो।
- ओराक्विकले एचआईभी विरुद्ध बनेको एन्टिबडी जाँच गर्छ। सम्भावित सङ्क्रमण भएको ३ महिनाभन्दा कम समय भएमा, नतिजा ठ्याक्कै नआउन सक्छ।
- यो परीक्षण किट अनुसन्धानका लागि मात्र हो, त्यसैले नतिजा सकारात्मक आए पनि तपाईंले उपचार सुरु गर्न सक्नुहुन्न।
- यदि तपाईंको नतिजा पोजेटिभ आयो भने, पक्का गर्न सार्वजनिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य संस्थामा गएर रगत परीक्षण गर्नुपर्छ।
एचआइभी सेल्फ-टेस्टको प्रक्रिया
एचआईभी सेल्फ-टेस्ट प्रयोग गर्ने तरिका
-
परीक्षण किट प्राप्त गर्न अनलाइन आवेदन दिनुहोस्।
-
तपाईंको दर्ता गरिएको इमेल ठेगानामा रसिद नम्बर पठाइनेछ।
-
परीक्षण किट (ओराक्विक र निर्देशनहरू) प्राप्त गर्नुहोस्।
-
लिखित निर्देशनहरू र प्रयोग गर्ने तरिका भिडियो पालना गर्दै, किटसँग आफ्नो र्याल सङ्कलन गर्नुहोस्, र 20 मिनेटपछि नतिजा जाँच गर्नुहोस्।
एचआइभी सेल्फ-टेस्ट किट प्राप्त गर्ने तरिका
आवेदकहरूले तलका मध्ये एक तरिका छान्न सक्छन्:
-
घरमै डेलिभरी
तपाईंको नाम र घरको ठेगाना मागिनेछ।
-
नजिकको पोस्ट अफिसमा लिनुहोस्
तपाईंको नाम, ठेगाना र पोस्ट अफिसको नाम मागिनेछ।
कृपया अनलाइनमार्फत ५०० येन शुल्क तिर्नुहोस्। तपाईंको भुक्तानी पुष्टि भएपछि, हामी तपाईंको इमेल ठेगानामा आरक्षण नम्बर पठाउनेछौँ।
※कृपया आफ्नो नाम र ठेगाना सही रूपमा लेख्नुहोस्। नाम वा ठेगाना गलत भएका कारण स्व-परीक्षण किट डेलिभर हुन नसकेमा हामी पुनः पठाउने छैनौँ।
- डेलिभरी पूरा भएपछि तपाईंको नाम र ठेगाना मेटाइनेछ। प्याकेज बाहिरबाट हेर्दा भित्र के छ भन्ने देखिने छैन।
- यदि परीक्षण किट पठाएको करिब 2 हप्तापछि तपाईंले नतिजाको फोटो अपलोड नगरेको र प्रश्नावली पूरा नगरेको भए, हामी फेरि इमेलमार्फत सम्पर्क गर्नेछौं।
यस अध्ययनको बारेमा
यो अध्ययन जापानको राष्ट्रिय अनुसन्धान परियोजनाको भाग हो, जसको शीर्षक “जापानमा बसोबास गर्ने विदेशी बासिन्दाहरूका लागि एचआईभी परीक्षण र उपचार सुधार सम्बन्धी अनुसन्धान” हो।
जब तपाईं परीक्षणका लागि आवेदन दिनुहुन्छ, तपाईंलाई सानो प्रश्नावली (फारम) भर्न अनुरोध गरिनेछ। परीक्षण प्रयोग गरेपछि, तपाईंलाई निम्न गर्न भनिनेछ: आफ्नो परीक्षण नतिजाको फोटो वेबसाइटमा अपलोड गर्नुहोस्। / आफ्नो अनुभव र सन्तुष्टिबारे छोटो प्रश्नावली भर्नुहोस्। यी सबै पूरा गरेपछि, तपाईंलाई धन्यवादको रूपमा 1,000 येनको QuoCardPay इमेलमार्फत पठाइनेछ।
सर्वेक्षणमा भाग लिन सहमति
आवेदन अवधि समाप्त भएपछि, नतिजाहरू संकलन र विश्लेषण गरिनेछ। यस अध्ययनको उद्देश्य जापानमा विदेशी बासिन्दाहरूका लागि एचआईभी परीक्षण सजिलो बनाउने उपायहरू खोज्नु हो। कृपया बुझ्नुहोस् कि अध्ययन प्रमुखले तपाईंले परीक्षण प्रयोग गर्नुभयो कि भएन भन्ने जाँच गर्न सक्छन् र तपाईंले अपलोड गरेका परीक्षण किटका फोटोहरू पनि हेर्न सक्छन्।
यदि तपाईंको परीक्षण नतिजा पोजिटिभ आयो भने, अनुसन्धान टोलीका डाक्टरले तपाईंलाई सम्पर्क गरेर रगत परीक्षणको व्यवस्था गर्न सहयोग गर्नेछन्। यस कारणले, तपाईंको परीक्षण नतिजा र इमेल ठेगाना डाक्टरसँग साझा गरिनेछ।
परीक्षण किटहरूको संख्या सीमित छ। प्रत्येक व्यक्तिले एक पटक मात्र आवेदन दिन सक्नुहुन्छ। सबै किटहरू वितरण भएपछि आवेदन बन्द हुनेछ।
तपाईं जुनसुकै समयमा अध्ययनबाट बाहिर निस्कन सक्नुहुन्छ। यदि बाहिर निस्कन चाहनुहुन्छ. भने, दर्ता गर्दा प्रयोग गरेको इमेल ठेगाना र रसिद नम्बर सहित हामीलाई सम्पर्क गर्नुहोस्।
मुख्य अनुसन्धानकर्ता : चुतोमु किताजिमा, क्योरीन विश्वविद्यालय, समाजशास्त्र संकाय kitajima@ks.kyorin-u.ac.jp
तपाईं माथिको जानकारी बुझेर “जापानमा विदेशी बासिन्दाहरूका लागि एचआईभी सेल्फ-टेस्ट उपलब्ध गराउने प्रणाली विकास” अध्ययनमा सहभागी हुन सहमत हुनुहुन्छ?
एचआईभी सेल्फ-टेस्टका लागि आवेदन
कसरी आवेदन गर्ने
-
कृपया एचआईभी सेल्फ-टेस्ट बारे पूर्व-सर्वेक्षण (आवेदनअघि प्रश्नावली) भर्नुहोस्।
-
आफ्नो सेल्फ-टेस्ट किट कसरी प्राप्त गर्न चाहनुहुन्छ, छनोट गर्नुहोस्।
-
कृपया आफ्नो नाम र ठेगाना लेख्नुहोस्।
-
कृपया ५०० येन शुल्क तिर्नुहोस्।
एचआईभी सेल्फ-टेस्टबारे पूर्व-सर्वेक्षण
यस सर्वेक्षणले एचआईभी सेल्फ-टेस्ट प्रयोग गर्न चाहने व्यक्तिहरूको विशेषता बुझ्न मद्दत गर्छ। प्राप्त परिणामहरू भविष्यमा एचआईभी परीक्षण सेवा योजना र सुधार गर्न प्रयोग गरिनेछ। तपाईंको सहयोगको लागि अनुरोध गर्दछौं।
तपाईंका उत्तरहरू केवल तथ्याङ्कको रूपमा प्रयोग गरिनेछ, त्यसैले व्यक्तिगत रूपमा कसैलाई चिनिने छैन। सर्वेक्षणमा भाग लिन स्वेच्छिक हो, र तपाईंले चाहनु नभएका प्रश्नहरू उत्तर दिनु पर्दैन।
यस सर्वेक्षणमा भाग लिएर, तपाईंले हामीलाई जापानमा रहेका विदेशी बासिन्दाहरूको लागि एचआईभी परीक्षण सुधार गर्न मद्दत गरिरहनुभएको छ।